शुक्रबार, भाद्र १९, २०८३
विपद् व्यवस्थापनमा सरकार चुक्यो, उद्धारमा गम्भीर ढिलाइ : पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विपद्का बेला सरकारको भूमिका प्रभावकारी नभएको बताएका छन्। उनले सरकारको उपस्थिति निराशाजनक मात्र नभई चिन्ताजनकसमेत रहेको भन्दै तत्काल उद्धार र राहतलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले सरकारी गतिविधि सामाजिक सञ्जालमा गरिने पोस्ट तथा प्रचारमा केन्द्रित भएको आरोप लगाए। तर, घटनास्थलमा पुगेर उद्धार र राहत उपलब्ध गराउने कार्य भने कमजोर देखिएको उनको टिप्पणी छ।

सुरुङ तथा जटिल भूभागमा फसेका नागरिकको उद्धारका लागि आवश्यक विशेषज्ञता प्रयोग गर्न सरकारले ढिलाइ गरेको पौडेलले बताए। ‘एक्लै सबै गर्छु’ भन्ने मानसिकताका कारण बाह्य विज्ञको सहयोग समयमै लिन नसक्दा उद्धारमा गम्भीर ढिलाइ भएको उनको भनाइ छ।

प्रधानमन्त्रीले पछि उद्धारमा कमजोरी भएको स्वीकार गर्दै विदेशी विज्ञसँग समन्वय भइरहेको बताउनु सकारात्मक भए पनि यसले सुरुवाती चरणमा सरकारको तयारी र निर्णय प्रक्रियामा कमजोरी रहेको स्पष्ट पार्ने पौडेलले बताएका छन्।

प्रकाशित: बुधबार, भाद्र १७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय