शुक्रबार, भाद्र १९, २०८३
अस्पतालको भ्यानमा गाँजा ओसार्दै गरेको आशंका, चालक फरार

विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रमा अस्पतालको नाम लेखिएको भ्यानबाट ६० किलो गाँजा बरामद भएको छ।

मंगलबार राति ११ बजे विराटनगर–१६ दरैयाको कोलर चोकमा सशस्त्र प्रहरीको टोलीले ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको को १ च ६६२० नम्बरको भ्यानलाई जाँचका लागि रोक्न खोजेको थियो। तर, चालक भ्यान छाडेर फरार भएका थिए।

चालक फरार भएपछि भ्यान खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद भ्यान र गाँजा थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ।

प्रकाशित: बुधबार, भाद्र १७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय