बिहिबार, भाद्र १८, २०८३
आज बस्दैछ प्रतिनिधिसभा बैठक, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पेस हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत हुनेछ।

सभामुख डोलप्रसाद अर्यालले भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नेछन्।

विशेष प्रस्तावमा बाढीमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली, बेपत्ता नागरिकको खोजी, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा घरबारविहीन परिवारको व्यवस्थापनका लागि कामना गरिएको छ।

प्रकाशित: बुधबार, भाद्र १७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय