बुधबार, भाद्र १७, २०८३
२,५२२ विन्दुमा नेप्से, माथिल्लो मैलुङ खोला जलविद्युत सर्वाधिक बढ्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २,५२२.६६ विन्दुमा पुगेको छ। योसँगै लगातार ६ कारोबार दिनदेखिको गिरावटमा ब्रेक लागेको छ।

मंगलबार ३४१ वटा धितोपत्रका ७६ लाख १३ हजार ६८१ कित्ता सेयर कारोबार भएका छन् भने कारोबार रकम २ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।

बजारमा १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८४ कम्पनीको घटेको र १२ कम्पनीको स्थिर रहेको छ। कारोबार भएका कम्पनीमध्ये माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य सर्वाधिक ७.१५ प्रतिशतले वृद्धि भएको छ।

प्रकाशित: मंगलबार, भाद्र १६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय