बुधबार, भाद्र १७, २०८३
विपद् राहतमा सभामुखको पहल, एक महिनाको पारिश्रमिक कोषमा दिने

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विपद् प्रभावितको सहयोगका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्।

हालैको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सभामुख अर्यालले पारिश्रमिक कोषमा दिने निर्णय गरेको प्रमुख स्वकीय सचिव मुना कुवरले जानकारी दिइन्।

यससँगै संघीय संसद् सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट समेत सरकारको निर्णयअनुसार रकम कट्टा गरी उक्त कोषमा जम्मा गरिनेछ।

प्रकाशित: मंगलबार, भाद्र १६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय