
हेटौंडा । मकवानपुरको हेटौंडा–१९ बस्तीपुरमा राप्ती खोलाले बगाउँदा ७० वर्षीय बलबहादुर रुम्बाको मृत्यु भएको छ।
मनहरी–४ मसिनेका रुम्बालाई आज बिहान सवा ७ बजे खोलाले बगाएको थियो। घटनाको सूचना पाएपछि नेवारपानीबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा बस्तीपुर पुलभन्दा करिब ५०० मिटर तल खोलामा उनको शव फेला पारेको हो।
शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

