बुधबार, भाद्र १७, २०८३
विपद् प्रभावितका लागि ह्वासिया इन्भेस्टमेन्टको २० लाख

काठमाडौं । ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले विपद् प्रभावितको राहत तथा उद्धारका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका प्रतिनिधि डेभिड यीङले उद्योगमन्त्री गौरी यादवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत तथा उद्धारमा प्रयोग गरिनेछ।

मन्त्री यादवले विपद्को कठिन समयमा मानवीय भावनाका साथ सहयोग गरेकोमा कम्पनीलाई धन्यवाद दिइन्। प्राप्त सहयोग प्रभावित नागरिकको राहत तथा उद्धारमा सदुपयोग गरिने उनले बताइन्।

निजी क्षेत्र तथा संघ–संस्थाबाट प्राप्त सहयोगले विपद्का बेला सरकारको राहत तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने मन्त्री यादवले बताइन्।

प्रकाशित: मंगलबार, भाद्र १६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय