बुधबार, भाद्र १७, २०८३
रसुवा विपद्मा एमालेको साथ, राहतका लागि १ करोड २० लाख सहयोग

काठमाडौं । रसुवामा बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेकपा (एमाले) ले १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार च्यासलमा आयोजित कार्यक्रममा पार्टीका तर्फबाट विपद् व्यवस्थापन कोष परिचालन गरी उक्त रकम संकलन गरिने बताएका हुन्। कार्यक्रममा बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीले १०–१० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।

सहयोग रकम ग्रहण गर्दै ओलीले सरकारी कोषमा रकम जम्मा गर्दा प्रक्रियागत झन्झट र ढिलाइ हुन सक्ने भन्दै पीडितलाई प्रत्यक्ष रूपमा छिटो राहत पुर्‍याउनुपर्ने बताए।

प्रकाशित: सोमबार, भाद्र १५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय