
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन्।
उनले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन्। राष्ट्रिय विपत्तिको समयमा आफूले सकेको योगदान गर्नुपर्ने भन्दै भट्टराईले अन्य नागरिकलाई पनि सहयोगका लागि आह्वान गरेका छन्।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडितको राहत तथा उद्धारका लागि व्यक्ति र विभिन्न संघसंस्थाबाट सहयोग घोषणा हुने क्रम जारी छ।

