
काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार, राहत तथा व्यवस्थापनका लागि भइरहेको कामबारे प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।
सोमबार बिहान उनले प्रधान सेनापति अशोकराज सिग्देलसँग खोजी तथा उद्धारलगायतका विषयमा जानकारी लिए। त्यसपछि सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढीपछिको अवस्थाबारे ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्रीले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि ब्रिफिङ लिने कार्यक्रम रहेको छ।

