बिहिबार, भाद्र १८, २०८३
रसुवागढी आयोजनाको सुरुङमा कोही फेला परेन, उद्धार टोली फर्कियो

रसुवा । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस फसेको आशंकामा गरिएको खोजीमा कोही पनि फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली धुन्चे फर्किएको छ।

बाढीपछि सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंका गरिएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित खोजी अभियान सञ्चालन गरिएको थियो।

उद्धार टोली सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेको थियो। त्यहाँ ड्रोनसमेत उडाएर विस्तृत खोजी गरिए पनि कुनै मानवीय उपस्थिति फेला नपरेको सेनाले जनाएको छ।

सुरुङभित्र कोही पनि नरहेको पुष्टि भएपछि खोजी अभियान सम्पन्न गरी नेपाली सेनाको टोली आयोजनास्थलबाट रसुवाको धुन्चे फर्किएको हो।

प्रकाशित: सोमबार, भाद्र १५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय