
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढीपीडितलाई राहत तथा सहयोगका लागि १५ लाख रुपैयाँ दिने घोषणा गरेका छन्।
उनले आज फेसबुकमार्फत पार्टीको तर्फबाट बाढीपीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने बताएका हुन्।
साम्पाङले आफ्नो पार्टीलाई ‘कलिलो तर मलिलो’ भन्दै बाढीपीडितको सहयोगका लागि प्रारम्भिक रूपमा उक्त रकम उपलब्ध गराउने जानकारी दिएका छन्।
उनका अनुसार आगामी दिनमा राहत तथा साथ अभियान सञ्चालन गरी त्यसबाट थप सहयोग रकम जुटाइनेछ।

