बुधबार, भाद्र १७, २०८३
सामाजिक सञ्जालमा आलोचना भएपछि रास्वपाको सांसदलाई कडाइ

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा सांसद तथा नेताहरूको अनावश्यक उपस्थितिलाई लिएर आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई सचेत गराएको छ।

केही सांसद तथा नेताहरू प्रभावित क्षेत्रमा पुगेर तस्बिर खिचेको र ती तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको विषयमा आलोचना भएपछि सभापति रवि लामिछानेले पार्टीभित्र यसबारे चासो राखेका हुन्।

आज भएको शीर्ष नेताहरूको छलफलमा लामिछानेले पार्टीका तर्फबाट भइरहेका राहत तथा सहयोगका गतिविधिबारे जानकारी लिए। त्यसपछि उनले अत्यावश्यक कामबाहेक बाढी प्रभावित क्षेत्रमा नजान सांसद तथा नेताहरूलाई निर्देशन दिएका छन्।

सचेतक क्रान्तिशिखा धितालले विपद् प्रभावित क्षेत्रका सांसदहरूलाई मात्र आवश्यकता अनुसार सम्बन्धित क्षेत्रमा जान भनेकी छन्। अन्य सांसदहरूले आफ्नो कार्यक्षेत्रबाटै प्रभावितहरूको सहयोग र सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने उनले बताएकी छन्।

उनले विशेषगरी बाढी तथा विपद्का दृश्य खिच्ने, फोटो–भिडियो बनाउने र त्यसलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने काम नगर्न सांसदहरूलाई आग्रह गरेकी छन्।

प्रकाशित: आइतबार, भाद्र १४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय