बुधबार, कार्तिक १२, २०८३
पहिचानका लागि पोखरा ल्याइयो भोटेकोसी बाढीका १०२ शव

पोखरा । त्रिशूली र नारायणी नदी किनारमा भेटिएका भोटेकोसी बाढीका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ।

नवलपुरका ४१, धादिङका २७, तनहुँका १४ र गोरखाका ११ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका छन्। थप नौ शव मणिपाल शिक्षण अस्पतालमा राखिएको प्रशासनले जनाएको छ।

शव पहिचानका लागि आफन्तलाई स्क्रिनमा तस्बिर देखाउने व्यवस्था गरिएको छ। पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि नमुना काठमाडौं पठाइनेछ। शवको संख्या धेरै भएकाले सम्पूर्ण प्रक्रिया पूरा गर्न केही दिन लाग्न सक्ने प्रशासनले जनाएको छ।

प्रकाशित: शुक्रबार, भाद्र १२, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय