
काठमाडौँ । भोटेकोशी बाढीपछि प्रभावित विभिन्न जिल्लाबाट हालसम्म ५३८ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९७७ जना अझै सम्पर्कविहीन छन्।
शुक्रबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार नवलपरासी पूर्वमा सबैभन्दा बढी १३४ र चितवनमा १२१ जनाको शव भेटिएको छ। गोरखामा ४६, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ।
सम्पर्कविहीनमध्ये ५१७ जना विदेशी नागरिक र १२७ जना विदेशमा बस्ने नेपाली छन्। सुरक्षा निकाय तथा विभिन्न सरकारी कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बाढीबाट ७३ जना घाइते भएका छन्।

