बुधबार, भाद्र १७, २०८३
उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १.९१ अर्ब संकलन

काठमाडौं ।  भोटेकोशी बाढीपछि राहत तथा उद्धारका लागि सरकारले आह्वान गरेको सहयोगमा ठूलो सहभागिता देखिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको छ।

अर्थ मन्त्रालयका अनुसार उक्त रकम १० वटा वाणिज्य बैंकमा रहेका खातामार्फत बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म संकलन भएको हो। बाढीबाट प्रभावित क्षेत्रलाई सरकारले संकटग्रस्त घोषणा गरेपछि व्यक्ति तथा विभिन्न संस्थाले कोषमा सहयोग जम्मा गर्न थालेका थिए।

प्रकाशित: शुक्रबार, भाद्र १२, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय