बुधबार, भाद्र १७, २०८३
नेपाल–चीन सीमा बाढीपहिरो : प्रभावित केरुङ पुगे चिनियाँ प्रधानमन्त्री

काठमाडौं । नेपाल–चीन सीमावर्ती तिब्बतमा बाढीपहिरोबाट ठूलो क्षति भएपछि चिनियाँ प्रधानमन्त्री लि छियाङले प्रभावित केरुङ क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

बुधबार विनाशकारी बाढीपहिरो आएपछि प्रधानमन्त्री लि बिहीबार ग्याइरोङ क्षेत्र पुगेका हुन्। चीनका राष्ट्रपति सी चिनफिङपछि दोस्रो वरिष्ठ नेता रहेका लिले प्रभावित क्षेत्रको अवस्था र विपद् व्यवस्थापनबारे स्थलगत जानकारी लिएका छन्।

उता, बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित केरुङ नाकामा पहिलो चिनियाँ आपत्कालीन उद्धार टोली बिहीबार मात्रै पुगेको छ। पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै प्रतिकूल मौसमका कारण उद्धार टोली घटनाको करिब २२ घण्टापछि प्रभावित क्षेत्रको मुख्य भागसम्म पुग्न सफल भएको बताइएको छ।

प्रकाशित: बिहिबार, भाद्र ११, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय