बुधबार, भाद्र १७, २०८३
रसुवा बाढीमा एनआरएनएको साथ, ५ करोड सहयोगसहित उद्धारमा खटिने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रसुवामा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःसहायताका लागि ५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ।

संघको आकस्मिक बैठकले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उद्धार र आवश्यक अन्य सहायता प्रदान गर्ने निर्णय गरेको हो।

राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा मूल समिति गठन गरिएको छ। आवश्यक आर्थिक स्रोत जुटाउन कोषाध्यक्ष कृष्ण तिमिल्सिनाको नेतृत्वमा आर्थिक सहयोग संकलन समिति पनि बनाइएको छ।

त्यस्तै, बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पुर्‍याउन मेडिकल टोली तथा स्वयंसेवक परिचालन गर्ने निर्णय एनआरएनएको बैठकले गरेको छ।

प्रकाशित: बिहिबार, भाद्र ११, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय