
काठमाडौँ । रसुवामा बाढीबाट भएको क्षतिपछि प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रबाट सहयोग जुट्न थालेको छ। गोर्खा ब्रुअरीले यस अभियानअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ नगद सहयोग गरेको छ।
सरकारले प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यलाई एकद्वार प्रणालीमार्फत अघि बढाइरहेको छ। कोषमा प्राप्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझ्ने क्रममा गोर्खा ब्रुअरीको तर्फबाट १० करोड रुपैयाँ हस्तान्तरण गरिएको हो।

