
काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको बाढीमा ६४४ जना नेपाली तथा विदेशी पर्यटक बेपत्ता भएका छन्।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बेपत्तामध्ये ५१७ जना विदेशी र १२७ जना नेपाली नागरिक छन्।
विदेशी पर्यटकतर्फ भारतका १७८ जना सबैभन्दा धेरै बेपत्ता भएका छन्। यस्तै, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना रहेका छन्।
बोर्डका अनुसार अन्य विभिन्न देशका नागरिकसमेत बाढीपछि बेपत्ता रहेको विवरण प्राप्त भएको छ। खोज तथा उद्धार कार्य जारी रहेको छ।

