बिहिबार, भाद्र १८, २०८३
विपद्मा दलहरु एकजुट भइ काम गर्न सर्वदलीय संयन्त्र गठन

काठमाडौँ । सर्वदलीय बैठकले विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन तथा राष्ट्रिय विपद् नीतिमा सुधारका लागि ‘संसदीय समिति’ गठन गर्ने निर्णय गरेको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैठकले उद्धार, राहत, दीर्घकालीन पुनर्निर्माण र जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउन १० बुँदे प्रस्ताव अघि सारेको छ।

दलहरूले विपद्को दिगो समाधान र आगामी दिनमा पूर्वतयारीलाई मजबुत बनाउने साझा प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: बिहिबार, भाद्र ११, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय