बुधबार, कार्तिक १२, २०८३
सी जिनपिङद्वारा नेपाल–चीन सीमामा उद्धार कार्य तीव्र पार्न निर्देशन

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्य तीव्र पार्न निर्देशन दिएका छन्।

समाचार एजेन्सी ग्लोबल टाइम्सले सिन्ह्वालाई उद्धृत गर्दै राष्ट्रपति सीले उपलब्ध सम्पूर्ण क्षमता प्रयोग गरेर बेपत्ताको खोजी तथा उद्धारमा जुट्न निर्देशन दिएको जनाएको छ।

बाढीपहिरोका कारण दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ नाकामा समेत क्षति पुगेको बताइएको छ।

प्रकाशित: बुधबार, भाद्र १०, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय