बुधबार, कार्तिक १२, २०८३
लुम्बिनीमा नयाँ समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा दलहरूबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। पुनर्गठनपछि तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले दीपेन्द्रकुमार पुन, इन्द्रजित थारु र कृष्णा कुश्मा थारुलाई क्रमशः स्वास्थ्य, आर्थिक मामिला तथा योजना र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीसहित शपथ गराएका हुन्।

मन्त्रिपरिषद् पुनर्गठनपछि अन्य मन्त्रीहरूको मन्त्रालयसमेत हेरफेर गरिएको छ। एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेपाली कम्युनिस्ट पार्टीबाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने गरी सहमति भएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

प्रकाशित: मंगलबार, भाद्र ०९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय