बुधबार, भाद्र २४, २०८३
फ्रान्समा टोर्नाडोको ताण्डव, ४१ घाइते, सयौँ घर क्षतिग्रस्त

काठमाडौं । दक्षिणपश्चिमी फ्रान्सको पोमास गाउँमा आएको शक्तिशाली टोर्नाडोले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। आँधीका कारण ४१ जना घाइते भएका छन् भने करिब ३०० घरमा क्षति पुगेको छ।

स्थानीय अधिकारीका अनुसार १५ जना घाइतेलाई अस्पताल लगिएको छ। आँधीले घरका छाना उडाउनुका साथै विभिन्न संरचनामा क्षति पुर्‍याएको छ।

घटनास्थलमा १२० भन्दा बढी उद्धार तथा आपत्कालीन कर्मचारी परिचालन गरिएको छ। घर भत्किँदा एक गर्भवती महिला घाइते भएको उनका श्रीमान्ले बताएका छन्।

आँधीबेहरीका कारण दक्षिणपश्चिमी फ्रान्सका केही क्षेत्रमा विद्युत् र यातायात सेवा प्रभावित भएको छ। सम्भावित थप आँधीलाई ध्यानमा राख्दै अधिकारीहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित: मंगलबार, भाद्र ०९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय