बुधबार, भाद्र १७, २०८३
सेयर बजारमा लगातार तेस्रो दिन गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन घटेको छ । आज ५.३० अंकले घटेर नेप्से २५९४.२७ विन्दुमा बन्द भएको छ ।

यसअघि सोमबार १९.१३ अंकले घटेर नेप्से २५९९.५८ विन्दुमा बन्द भएको थियो ।

मंगलबार ३५७ कम्पनीको सेयर कुल ४६ हजार ५५८ पटक किनबेच हुँदा कुल चार अर्ब १० करोड ५५ लाख २१ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ को घटेको छ । १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

प्रकाशित: मंगलबार, भाद्र ०९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय