बुधबार, भाद्र १७, २०८३
सडक पार गर्ने विषयमा विवाद, महिला प्रहरीमाथि हातपात

काठमाडौं । काठमाडौंको बानेश्वरमा सडक पार गर्ने विषयमा विवाद हुँदा एक युवकले ड्युटीमा रहेकी महिला प्रहरीमाथि हातपात गरेका छन्।

मंगलबार बिहान जथाभावी सडक पार गर्न खोजेका जुम्ला तातोपानी गाउँपालिका–२ घर भई हाल बानेश्वर–१० बस्ने २७ वर्षीय राज कठायतलाई महिला प्रहरी जवानले आकाशे पुल प्रयोग गर्न अनुरोध गरेकी थिइन्।

प्रहरीका अनुसार सोही विषयमा विवाद भएपछि कठायतले महिला ट्राफिक प्रहरीमाथि हातपात गरेका हुन्। घटनालगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: मंगलबार, भाद्र ०९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय