बुधबार, भाद्र १७, २०८३
बराहक्षेत्र धाम संरक्षणका लागि तटबन्ध र नदी नियन्त्रणका संरचना बनाइने

काठमाडौँ । सरकारले कोशी नदीको कटानबाट बराहक्षेत्र धामलाई जोगाउन तटबन्धसहित नदी नियन्त्रणका संरचना निर्माण गर्ने तयारी गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बराहक्षेत्रको स्थलगत निरीक्षण तथा स्थानीयसँगको छलफलपछि विस्तृत प्राविधिक अध्ययनका आधारमा संरक्षणका काम चरणबद्ध रूपमा अघि बढाइने बताउनुभयो।

मन्त्री श्रेष्ठले बराहक्षेत्र धार्मिक आस्थाको महत्वपूर्ण धरोहर भएकाले यसको संरक्षणमा सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो। मन्दिर व्यवस्थापन समितिले तयार गरेको डीपीआरलाई प्राविधिक टोलीबाट अध्ययन गरी आवश्यक काम अघि बढाइने उहाँले बताउनुभयो।

कोशी नदीको कटान र बाढीबाट बराहक्षेत्र तथा आसपासका क्षेत्रमा भइरहेको क्षति रोक्न योजनाबद्ध रूपमा नदी व्यवस्थापन र संरक्षणका कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: मंगलबार, भाद्र ०९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय