
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अहिले नोटबन्दी गर्नेबारे कुनै योजना नबनाएको स्पष्ट पारेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकले नोटबन्दी किन नगर्ने भनेर प्रश्न गरेपछि अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्।
उनले अन्य मुलुकमा नोटबन्दीको अभ्यास भए पनि त्यसको सफलता राम्रो नदेखिएको भन्दै अहिले नेपालका लागि नोटबन्दी उपयुक्त नहुने बताए। ‘नोटबन्दीबारे हामीले सोचेका छैनौँ,’ उनले स्पष्ट पारे।

