बुधबार, भाद्र १७, २०८३
विद्यालय कर्मचारीको पारिश्रमिक बढेपछि आन्दोलन स्थगित

काठमाडौं । सरकारले विद्यालय कर्मचारीको मासिक पारिश्रमिक रु ५ हजारले वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले संयुक्त विज्ञप्ति जारी गर्दै पारिश्रमिक वृद्धि गर्ने सरकारी निर्णयको स्वागत गरेका छन्। साथै उनीहरूले विद्यालय कर्मचारीका सेवा–सुविधा, वृत्ति विकास, पेसागत तथा सामाजिक सुरक्षा, आवश्यक दरबन्दी र स्थायी व्यवस्थापनलगायत माग पनि सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित: शनिबार, भाद्र ०६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय