बुधबार, कार्तिक १२, २०८३
बागमतीमा एमालेका किरण थापालाई समर्थन गर्ने निर्णय नभएको राप्रपा अध्यक्ष लिङ्देनको स्पष्टोक्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा सरकार गठनका लागि पार्टीले कुनै पनि दललाई समर्थन नगरेको स्पष्ट पारेका छन्।

लिङ्देनले बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन राप्रपाको समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष बुझाइएको पत्र पार्टीको निर्णयविपरीत भएको बताएका हुन्।

“बागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा राप्रपाको कुनै दललाई समर्थन छैन। मुख्यमन्त्रीका लागि नेकपा एमालेका किरण थापाको समर्थनमा बुझाइएको पत्र पार्टी निर्णयविपरीत हो,” उनले भनेका छन्।

उक्त विषयमा प्रदेश प्रमुखलाई जानकारी गराइसकेको बताउँदै लिङ्देनले पार्टीको निर्णयविपरीत गतिविधिमा संलग्न व्यक्तिमाथि अनुशासनको कारबाही प्रक्रिया सुरु भइसकेको समेत जानकारी दिएका छन्।

प्रकाशित: बुधबार, भाद्र ०३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय