
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ स्थित रिसाङ क्षेत्रमा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको नेपाली सेनाले उद्धार गरेको छ।
पहिरो प्रभावितको खोज तथा उद्धारका लागि भवानीदल गणबाट खटिएको सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहकार्यमा उनीहरूको उद्धार गरी सुरक्षित स्थानमा पठाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उद्धारका क्रममा पहिरोमा परी घाइते भएका आठ जनालाई समेत सुरक्षित स्थानमा ल्याइएको छ भने चार जनाको शव निकालिएको निर्देशनालयले जनाएको छ।

