बुधबार, कार्तिक १२, २०८३
म्यानपावर कम्पनी भोलिदेखि देशभर बन्द हुने

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना माग सम्बोधनमा सरकारले चासो नदेखाएको भन्दै भोलिदेखि देशभरका सबै म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ।

सङ्घका अनुसार कार्यालय बन्दसँगै नयाँ विज्ञापन, अन्तर्वार्ता, सम्पूर्ण रिक्रुटिङ प्रक्रिया, पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसम्बन्धी सरकारी र प्रशासनिक काम–कारोबारसमेत रोक्ने निर्णय गरिएको छ।

काठमाडौंस्थित मुख्य कार्यालयदेखि देशभरका शाखा बन्द रहने सङ्घले जनाएको छ। श्रम मन्त्रालयको टोलीसँग भएको प्रारम्भिक छलफलमा ठोस सहमति हुन नसकेपछि आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिएको हो।

सङ्घले आफ्ना मागको ठोस सम्बोधन र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता नलिने जनाएको छ।

प्रकाशित: आइतबार, साउन ३१, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय