
काठमाडौं । भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ले दर्शकका लागि इलेक्ट्रिक स्कुटर उपहार अफर ल्याएको छ।
भदौ ३ देखि ९ गतेसम्म खल्ती एपमार्फत चलचित्रको टिकट खरिद गर्ने दर्शकमध्ये एक भाग्यशाली विजेताले BGAUSS इलेक्ट्रिक स्कुटर जित्ने अवसर पाउनेछन्।
निर्माण टिमका अनुसार टिकट खरिद गर्ने दर्शकमध्ये एक जनालाई भाग्यशाली विजेताका रूपमा स्कुटर प्रदान गरिनेछ।
चलचित्रलाई केन्द्रीय जाँच पास समितिले ‘एडल्ट’ प्रमाणपत्र दिएको छ। त्यसैले चलचित्र १६ वर्षभन्दा माथिका दर्शकले मात्र हेर्न पाउनेछन्।
आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको ‘मास्टर्नी’ क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा विधामा आधारित छ। चलचित्रमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापालगायत कलाकारको अभिनय रहेको छ।

