बुधबार, कार्तिक १२, २०८३
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सम्पन्न

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला/सम्मेलन सम्पन्न भएको छ। साउन २९ गतेदेखि सुरु भएको भेला पाँच प्रस्ताव पारित गर्दै तथा पाँच निर्णयसहित आज सम्पन्न भएको हो।

भेलाले पार्टीको पन्ध्रौँ महाधिवेशन, अन्य दलसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन तथा सम्मेलनमा प्रस्तुत प्रतिवेदनलाई अन्तिम रूप दिने लगायतका विषयमा प्रस्ताव तथा निर्णय पारित गरेको छ।

यस्ता छन् सम्मेलनले पारित गरेका निर्णयहरु

१. १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्न गरिनेछ र पार्टी सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ । उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५ औं महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ । १५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कृयाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।

२. २०३३ सालमा महामानव बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखी देश फर्कुनु भएको थियो । आज पनि देश अप्ठेरो स्थितिमा छ। यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरुसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरणका लागि कृयाशील रहने ।

४. नेपालको सनातनदेखि चली आएको धर्म सँस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालम रही आएको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, वौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ ।

४. वर्तमान संविधानमा जन अपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग सम्वाद गरी निकाश दिइने छ ।

५. २०८३ श्रावण ३० र ३१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरुलाई समेत समेटी परिमार्जन सहित पारित प्रस्तावहरुलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एन.पी.साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सिता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसद कुइँकेल रहनु हुनेछ ।

प्रकाशित: आइतबार, साउन ३१, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय