
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार ‘भवितव्य’ बाट बनेको बताएका छन्।
इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सरकार गठनको प्रक्रिया र कार्यशैलीप्रति टिप्पणी गरेका हुन्।
सरकार गठनलाई बालकले क्यारम खेल्दा संयोगवश गोटी छिरेको घटनासँग तुलना गर्दै उनले असहज परिस्थिति सिर्जना गरेर वर्तमान सरकार बनेको दाबी गरे।
ओलीले सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीति गरेको आरोप लगाउँदै आफू, नेपाली कांग्रेसका नेता रमेश लेखक लगायतलाई पक्राउ गर्ने तथा झुटा मुद्दा लगाउने प्रयास भइरहेको बताए। सरकारले लोकतान्त्रिक मूल्यमान्यताविपरीत विभिन्न क्षेत्रमा अङ्कुश लगाउन खोजेको उनको आरोप छ।

