
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि भएको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। साउन २७ गते आईजीपी कार्की र रास्वपा सांसद खगेन्द्र सुनारबीच भएको सवाल–जवाफप्रति आफ्नो र मन्त्रालयको ध्यानाकर्षण भएको उनले बताए।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गुरुङले उजुरीकै आधारमा कसैलाई न्यायाधीशको भूमिकामा राख्न नहुने र आरोप लाग्दैमा व्यक्तिको चरित्र हत्या गर्न नपाइने बताए। उनले प्रहरी प्रमुखहरूलाई समितिमा प्रस्तुत गरिएको शैलीप्रति असन्तुष्टि जनाउँदै आफूले उनीहरूले दिनरात काम गरेको प्रत्यक्ष देखेको उल्लेख गरे।
गुरुङले सार्वजनिक लेखा समितिभन्दा कानुन, न्याय तथा मानव अधिकार समिति आफूलाई बढी भद्र लागेको टिप्पणीसमेत गरे।

