बुधबार, भाद्र २४, २०८३
मन्त्री बादी र यूएनएफपीए प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा यूएनएफपीए प्रतिनिधि श्रीराम हरिदासबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ। भेटमा महिला तथा बालबालिका संरक्षण, लैङ्गिक समानता, सामाजिक न्याय र सीमान्तकृत समुदायको सशक्तीकरणका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

मन्त्री बादीले लैङ्गिक तथा घरेलु हिंसा, बालविवाह र सामाजिक कुप्रथाको अन्त्यलाई मन्त्रालयको प्राथमिकता रहेको बताउँदै महिला तथा किशोरीका लागि सुरक्षित गृह, एकद्वार संकट व्यवस्थापन केन्द्र, किशोरी सशक्तीकरण तथा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य प्रणालीमा यूएनएफपीएको सहयोग महत्त्वपूर्ण रहेको बताइन्।

भेटमा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका महिलालाई सीप विकास, उद्यमशीलता र नेतृत्वका अवसरमार्फत आत्मनिर्भर बनाउने तथा सीमान्तकृत र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य, सामाजिक सेवा र कानुनी संरक्षणमा समान पहुँच सुनिश्चित गर्ने विषयमा पनि छलफल भएको छ।

प्रकाशित: शुक्रबार, साउन २९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय