बुधबार, भाद्र १७, २०८३
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। कुलपति एवं प्रधानमन्त्री बालेन शाहले सिफारिस समितिको सिफारिसका आधारमा बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

केयूको मेकानिकल इन्जिनियरिङ विभागमा प्राध्यापक रहेका बराल केयूमै अध्ययन गरेर सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति बनेका छन्। उनले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।

इन्धन तथा ऊर्जा, दहन विज्ञान, वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा विशेषज्ञता हासिल गरेका बरालले केयूमा विभिन्न इन्जिनियरिङ विषय अध्यापन गर्दै आएका छन्। उपकुलपतिका लागि ३५ जनाले आवेदन दिएका थिए। तीमध्ये १० जनालाई छोटो सूचीमा राखी प्रस्तुतीकरण र अन्तर्वार्तापछि मेरिटका आधारमा बरालको नाम सिफारिस गरिएको थियो।

प्रकाशित: शुक्रबार, साउन २९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय