
काठमाडौं । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङभञ्ज्याङ सडकखण्डमा ट्याक्टरमा उत्तिसको गोलिया काठ लोड गर्ने क्रममा काठले किचेर धनकुटाका ३५ वर्षीय लीला मगरको घटनास्थलमै मृत्यु भएको छ।
मृतक मगर धनकुटाको पाख्रिबास नगरपालिका–३ का हुन्। घटनापछि प्रहरीले ट्याक्टर र चालक धनकुटाको महालक्ष्मी नगरपालिका–३ चानुवाका १९ वर्षीय सुनिल गुरुङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

