बुधबार, कार्तिक १२, २०८३
पत्रकार किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालत उपस्थित गराउन आदेश

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई सोमबार उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले बरामद सामग्रीसहित उपस्थित गराउन आदेश दिएको हो ।

श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो । उनकी श्रीमती सरस्वतीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

प्रकाशित: शुक्रबार, साउन २९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय