बुधबार, कार्तिक १२, २०८३
कोशी सरकारबाट बाहिरियो कांग्रेस, मन्त्रीहरूले दिए राजीनामा

काठमाडौं । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ।

कोशीमा मन्त्री रहेका कांग्रेस नेताहरूले बुधबार सामूहिक रूपमा मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका छन्।

एमालेका कार्की नेतृत्वको प्रदेश सरकारमा कांग्रेसबाट ४ जना मन्त्री र एक जना राज्यमन्त्री सहभागी थिए।

भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले राजीनामा दिएका हुन्।

कांग्रेस बाहिरिएपछि कोशीमा अब केन्द्रीय नेताहरूले गरेको सहमतिअनुसार नेपाली कम्युनिस्ट पार्टी र एमालेको सरकार बन्नेछ।

प्रकाशित: बुधबार, साउन २७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय