बिहिबार, भाद्र १८, २०८३
नेपालमा स्मार्ट भेन्डिङ मेसिनको प्रयोग बढ्दै, खुद्रा व्यापार डिजिटल बन्दै

काठमाडौं । नेपालमा स्मार्ट प्रविधिको प्रयोग बढेसँगै खुद्रा व्यापार क्षेत्र पनि डिजिटल तथा स्वचालित प्रणालीतर्फ अघि बढ्न थालेको छ। उपभोक्ताको बदलिँदो जीवनशैली र सहज किनमेलको बढ्दो मागसँगै स्मार्ट भेन्डिङ मेसिन नेपाली बजारमा नयाँ सम्भावनाका रूपमा देखिन थालेका छन्।

डिजिटल भुक्तानीको विस्तार, शहरीकरण तथा तत्काल उपभोग गर्ने प्रवृत्तिले भेन्डिङ मेसिनको बजार विस्तारमा सहयोग पुर्‍याइरहेको छ। क्यूआर कोड, मोबाइल वालेटलगायत माध्यमबाट सहज भुक्तानी गर्न सकिने भएकाले यस्ता मेसिन उपभोक्तामाझ आकर्षक बन्दै गएका छन्।

विशेषगरी शपिङ मल, कार्यालय, शैक्षिक संस्था, अस्पताल, होटल तथा बढी आवागमन हुने स्थानमा यसको प्रयोग बढ्ने अपेक्षा गरिएको छ। २४सै घण्टा सेवा र सञ्चालन लागत घटाउने सुविधाका कारण स्मार्ट भेन्डिङ प्रणालीले नेपालको खुद्रा व्यापारलाई थप आधुनिक, डिजिटल र उपभोक्तामैत्री बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: बुधबार, साउन २७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय