बुधबार, कार्तिक १२, २०८३
प्रधानमन्त्रीले भेट नदिएको भन्दै कांग्रेस सांसद श्वारको गुनासो

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर श्वारले सुदूरपश्चिम र अछामका विकास निर्माणका समस्या राख्न प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटका लागि समय मागे पनि भेट नपाएको गुनासो गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्वारले आफूले चैत २१ गतेदेखि प्रधानमन्त्रीसँग भेटका लागि लिखित निवेदन दिए पनि अहिलेसम्म भेट्ने अवसर नपाएको बताए।

उनले व्यक्तिगत स्वार्थका लागि नभई सुदूरपश्चिम र अछामका जनताका विकास निर्माणसम्बन्धी समस्या प्रधानमन्त्रीसमक्ष राख्न खोजेको स्पष्ट पारे।

प्रधानमन्त्रीले समय नदिएकोप्रति असन्तुष्टि जनाउँदै श्वारले सुदूरपश्चिमका जनताप्रतिको देखावटी माया आवश्यक नरहेको टिप्पणी गरे।

प्रकाशित: मंगलबार, साउन २६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय