बुधबार, कार्तिक १२, २०८३
हरि ढकाल : सुशासनका लागि राजनीतिक नेतृत्वमा सुधार र अनुशासन आवश्यक

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा सुधार र अनुशासन आवश्यक रहेको बताएका छन्।

गुड गभर्नेन्स प्रोटेक्सन फोरमले आइतबार ललितपुरमा आयोजना गरेको ‘नेसनल गभर्नेन्स समिट’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले शासनसत्ताको स्रोत नागरिक भएकाले राज्य सञ्चालनमा नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताए।

पहुँचका आधारमा जे पनि हुने प्रवृत्तिले सुशासन कायम हुन नसक्ने उल्लेख गर्दै ढकालले सुशासनको जिम्मेवारी बोकेका पदाधिकारी र निकाय नै अनुशासनमा रहनुपर्नेमा जोड दिए।

विधिको शासन र अनुशासनका आधारमा काम गर्न कानुन निर्माणमा संलग्न जनप्रतिनिधिले ध्यान दिनुपर्ने तथा शासनसत्तामा रहेकालाई जिम्मेवार र जवाफदेही बनाउन नागरिक तहबाट निरन्तर खबरदारी आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले १६औँ आवधिक योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकता दिएको उल्लेख गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुपर्ने बताए। जलवायु परिवर्तन, खाद्य सुरक्षा, जनशक्ति तथा प्रतिभा पलायनका समस्या समाधान गर्दै डिजिटल सुशासन र अर्थतन्त्रलाई जोडेर दिगो विकास लक्ष्य हासिल गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: आइतबार, साउन २४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय