बुधबार, कार्तिक १२, २०८३
स्वास्थ्योपचारपछि साउन २६ मा स्वदेश फर्किने देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वास्थ्योपचार सम्पन्न गरी साउन २६ गते स्वदेश फर्किने भएका छन्।

देउवानिकट स्रोतका अनुसार उनी साउन २६ गते बेलुकी नेपाल आइपुग्ने कार्यक्रम रहेको छ। स्वास्थ्य अवस्थाको नियमित परीक्षण र उपचारका लागि केही समयअघि विदेश गएका देउवा उपचार सम्पन्न भएपछि स्वदेश फर्कन लागेका हुन्।

देउवा फागुन १३ गते स्वास्थ्योपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए। सिंगापुरमा प्रारम्भिक उपचारपछि थप चिकित्सकीय परामर्श तथा उपचारका लागि उनी हङकङ पुगेका थिए।

हङकङमा उपचार प्रक्रिया पूरा भएपछि उनी साउन २६ गते नेपाल फर्किने तयारीमा रहेको स्रोतले जनाएको छ।

प्रकाशित: बिहिबार, साउन २१, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय