काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा कायम भएको छ।
आज ३४९ कम्पनीका १ करोड १४ लाख कित्ता सेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।
कारोबारमा १२६ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

