सोमबार, साउन १८, २०८३
फेरि पहिरो खस्दा नारायणघाट–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सोमबार दिउँसो करिब २ बजे सडकमाथिबाट पहिरो खसेपछि नारायणघाट–मुग्लिन सडकखण्ड पुनः दुवैतर्फ अवरुद्ध भएको छ।

प्रहरीका अनुसार सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने कार्य जारी रहेको छ।

यसअघि सोमबार बिहान पनि यही सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएको थियो। बिहानको पहिरो हटाएपछि सडक एकतर्फी हुँदै दुवैतर्फ सञ्चालनमा आएको थियो। तर केही समयमै पुनः पहिरो खसेपछि सडक फेरि पूर्ण रूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

प्रकाशित: सोमबार, साउन १८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय