आइतबार, साउन १७, २०८३
सुटिङका क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते, ६ हप्ता आराम गर्न चिकित्सकको सल्लाह

काठमाडौँ । दक्षिण भारतीय तथा बलिउड अभिनेत्री रश्मिका मन्दाना फिल्मको सुटिङका क्रममा घाइते भएकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार डान्स सिक्वेन्सको छायाङ्कन गर्ने क्रममा उनको कम्मर (हिप)मा गम्भीर चोट लागेको हो।

चोटपछि चिकित्सकले उनलाई करिब ६ हप्तासम्म पूर्ण आराम गर्न सल्लाह दिएका छन्। आगामी फिल्मका लागि कठिन एक्सन र डान्स दृश्यको सुटिङका क्रममा उनी घाइते भएकी बताइएको छ।

प्रकाशित: आइतबार, साउन १७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय