आइतबार, साउन १७, २०८३
चालु वर्षमै नेपालमा व्यावसायिक फाइभजी सेवा सुरु हुने : सञ्चारमन्त्री तिमल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाइने बताएका छन्।

आइतबार फेसबुकमार्फत आफ्नो योजना सार्वजनिक गर्दै मन्त्री तिमल्सिनाले यसै आर्थिक वर्षभित्र नेपालमा व्यावसायिक फाइभजी (5G) सेवा सञ्चालनमा ल्याइने जानकारी दिएका हुन्।

उनले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी दूरसञ्चार सेवाको गुणस्तर सुधार, भरपर्दो सेवा प्रवाह, आधुनिक दूरसञ्चार पूर्वाधार निर्माण तथा सार्वजनिक सञ्चार प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्य सरकारको रहेको उल्लेख गरेका छन्।

प्रकाशित: आइतबार, साउन १७, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय