मोरङ । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकमा रहेका ३१ वटा पोकाबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।
घटनामा धनकुटाको पाख्रीबास नगरपालिका–९ हिले निवासी २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गाँजा, मिनिट्रक र पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

